कमलपोखरीमा आगलागी हुँदा ११ जना घाइते



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिका-३० कमलपोखरीस्थित बिहीबार बिहान  शान्दार म:म रहेको भवनमा आगलागी हुँदा ११ जना घाइते भएका छन्। ८:५० बजे आगलागी हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी बोहरलाले जानकारी दिए। उनका अनुसार बिहान कामदारहरूले ग्यास सिलिन्डर सार्ने क्रममा अकास्मात् आगलागी भएको थियो। सिलिण्डर सार्ने क्रममा ग्यास लिकेज भएपछि आगलागी भएको एसपी बोहराले बताएका छन्।  घाइतेहरूमा उदयपुरका २२ वर्षीय प्रजित लामा, काभ्रेका २५ वर्षीय छिरिङ लामा, उदयपुरका २१ वर्षीय धनबहादुर तामाङ, ललितपुरका १९ वर्षीय  आयुस मगर, मोरङका १८ वर्षीय मनिष पोखरेल, चितवनका १८ वर्षीय रोशन लामा थिङ, उदयपुरका २४ वर्षीय सन्जोग मगर, उदयपुरका २५ वर्षीय नविन मगर, हेटौडाका १८ वर्षीय सुविन राई, उदयपुरका २० वर्षीय यसकुमार घले र १९ वर्षीय बिरस मगर छन्। आगलागी पूर्ण नियन्त्रणमा आइसकेको र क्षतिको विवरण संकलन भइरहेको एसपी बोहराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...