गाजा क्षेत्रमा अमेरिकाी सेना राख्ने तयारी



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी भूमि गाजापट्टी कब्जा गर्ने बताएका छन् । गाजालाई अमेरिकाले कब्जा गरेर सेना राख्न सक्ने पनि उनले बताएको अमेरिकी विश्व च्यानल सीएनएनले उल्लेख गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग संयुक्त पत्रकार सम्मेलनमा ह्वाइट हाउसमा बोल्दै ट्रम्पले गाजाबाट हटाइएका प्यालेस्टाइनीहरुको पुनर्वास गरिने बताएका छन् । ट्रम्प कार्यकालका दुई पक्षीय भ्रमण आएका प्रथम विदेशी सरकार प्रमुखको रूपमा पुगेका नेतान्याहुले ट्रम्पको मुद्दालाई सही भनेर साथ दिएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

यस अगाडि इजिप्टको मरुभूमिमा सार्ने प्रस्ताव यस अगाडि पनि आएको थियो । इजिप्टले त्यसलाई अस्वीकार गरेको थियो । ट्रम्पको मन्तव्यको कडा विरोध पनि सुरु भएको छ । प्यालेस्टाइनी पृष्ठभूमिकी अमेरिकी सांसद रासिदा तालिबले ट्रम्पको प्रस्तावलाई ‘जातीय नरसंहार’को उपमा दिएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

तोलामा १२ हजार ५ सय रुपैयाँ घट्यो सुनको भाउ

    आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको...