नेपालमा लगानीको वातावरण बनेको छ : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले नेपालमा लगानीको वातावरण बनेको बताएका छन् । प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिसँगको छलफलमा महासचिव पोखरेलले सरकारले लगानीमैत्री वातावरणका लागि सुधारका काम गरेको बताए । ‘नेपालमा लगानीका लागि राजनीतिक स्थायित्व, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माण गर्दै विदेशी लगानीकर्तालाई प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको छ’, महासचिव पोखरेलले भने ।

जापान–नेपाल विकास मञ्चका सभापति एवं पूर्व संसदीय उपअर्थमन्त्री मोतोयुकि ओदाची, जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरूसहित उच्चस्तरीय छलफलमा जापानी प्रतिनिधिहरूले नेपालमा लगानीका विभिन्न सम्भावनाहरूप्रति चासो व्यक्त गरेका थिए । उनीहरूले आगामी दिनमा नेपालमा सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा लगानीका सम्भावनाहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको बैठकमा शैक्षिक, आर्थिक, सांस्कृतिक, प्राविधिक तथा कृषि क्षेत्रका विषयमा विस्तृत छलफल भएको थियो । नेपालमा विदेशी लगानीको प्रवर्धन गर्दै औद्योगिक विकास, रोजगारी सृजना तथा प्रविधि हस्तान्तरणमा जापानी सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा छलफलमा जोड दिइएको थियो । छलफल नेपाल–जापान सम्बन्धलाई थप प्रगाढ बनाउन तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोगी हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...