नेपालमा लगानीको वातावरण बनेको छ : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले नेपालमा लगानीको वातावरण बनेको बताएका छन् । प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिसँगको छलफलमा महासचिव पोखरेलले सरकारले लगानीमैत्री वातावरणका लागि सुधारका काम गरेको बताए । ‘नेपालमा लगानीका लागि राजनीतिक स्थायित्व, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माण गर्दै विदेशी लगानीकर्तालाई प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको छ’, महासचिव पोखरेलले भने ।

जापान–नेपाल विकास मञ्चका सभापति एवं पूर्व संसदीय उपअर्थमन्त्री मोतोयुकि ओदाची, जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरूसहित उच्चस्तरीय छलफलमा जापानी प्रतिनिधिहरूले नेपालमा लगानीका विभिन्न सम्भावनाहरूप्रति चासो व्यक्त गरेका थिए । उनीहरूले आगामी दिनमा नेपालमा सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा लगानीका सम्भावनाहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको बैठकमा शैक्षिक, आर्थिक, सांस्कृतिक, प्राविधिक तथा कृषि क्षेत्रका विषयमा विस्तृत छलफल भएको थियो । नेपालमा विदेशी लगानीको प्रवर्धन गर्दै औद्योगिक विकास, रोजगारी सृजना तथा प्रविधि हस्तान्तरणमा जापानी सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा छलफलमा जोड दिइएको थियो । छलफल नेपाल–जापान सम्बन्धलाई थप प्रगाढ बनाउन तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोगी हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...