रास्वपा सभापति रवि लामिछाने चितवनमा



हाम्रो इकोनोमि

 

 

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने चितवन पुगेका छन् । रास्वपा जिल्ला सभापति कृष्ण भुसालका अनुसार उनी गएराति नै स्थलमार्ग हुँदै चितवन पुगेका हुन् । उनी चितवन आइपुगे पनि आजै बयानका लागि उपस्थित हुने नहुने टुंगो नभएको भुसालले बताए । उनले भने, ‘उहाँ गाडीबाट नै राति आइपुग्नुभएको हो । तर आज नै अदालतमा उपस्थित हुने वा नहुने भन्ने टुंगो छैन । केही समयपछि थाहा होला । रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...