नेपाल टेलिकमको नाफा घट्यो



 

 

 नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । २१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै टेलिकमले यसबारे जानकारी गराएको हो । ‘कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ,’ टेलिकमले बताएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी रहेको टेलिकमले बताएको छ । अर्थतन्त्रका सूचांक नकारात्मक भएको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमार्फत कम्पनीले भनेको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरिसकेको बताइएको छ ।

त्यस्तै, टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको बताइएको छ । जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार, एचटीटीफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्

शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

    शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ

पोर्चुगलमा नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

    युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू