कांग्रेसले एकल बहुमत ल्याउन सक्छ : देउवा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अगाडि बढे यही व्यवस्थामै पार्टीले एकल बहुमत ल्याउनसक्ने बताएका छन् । प्रदेश सभापतिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहज नभए पनि एक भएर हिँडे बहुमत ल्याउन सकिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ । हामीले तैपनि सबैभन्दा ठूलो पार्टी बनाएका छौं । भोलिका दिनमा बहुमत ल्याउन सकिन्छ । त्यसकारण भोलिका नेताहरु, जसले यो पार्टीलाई हाक्नुपर्नेछ, बनाउनुपर्छ, उहाँको काँधमा ठूलो जिम्मेवारी आएको छ । पार्टीमा एकता जरुरी छ, सबैलाई साथ लिएर हिँड्न जरुरी छ । चुनौतीको सामना गर्न पनि एक हुनुपर्छ । हाम्रो देशमा सुन्दर राजनीति छ, समानुपातिक र समावेशी छ । यो उत्तम व्यवस्था हो । संविधान र राजनीति समावेशी समानुपातिक व्यवस्था भएकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने सभापति देउवाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...