१० वटा सञ्चारमाध्यम प्रेस काउन्सिलको कालोसूचीमा



 

 

प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखेका ४ वटा सञ्चार माध्यमको कारवाही फुकुवा गरेको छ । दर्ता र सूचीकरण नभई चलेका ५४ युट्यूव च्यानल र ५ फेसबुक पेजलाई थप अनुसन्धान र कारवाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको काउन्सिलले जनाएको छ ।काउन्सिलद्वारा आइतबार जारी विज्ञप्तिअनुसार टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलास अनलाइन डटकमको अवज्ञाकारी/कालोसूचीको कारवाही फुकुवा गरिएको हो ।

काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार चालू आर्थिक वर्षको साउनयता कालोसूचीमा परेका १० वटामध्ये ४ वटा सञ्चारमाध्यमले क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धता जनाएपछि कारवाही फुकुवा गरिएको हो ।

काउन्सिलको निर्देशन अवज्ञा गर्ने अन्य ६ वटा सञ्चार माध्यम एबीपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशीपोष्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोष्ट डटकम र नेपालकथा डटकमलाई थप कारवाही अगाडि बढाइएको विज्ञप्तिमा जनाइएको छ । यीमध्ये एबीपीक्राइमन्यूज डटकम, दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकमलाई भने सूचीकरणबाटै हटाइएको छ । पत्रकार आचारसंहिताको पटक पटक र श्रृंखलावद्ध उल्लंघन गरेका सञ्चार माध्यमलाई काउन्सिलले कारबाहीस्वरूप कालोसूचीमा राख्ने, सूचीकरणबाट हटाइ विज्ञापन र अन्य सुविधा रोक्न सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने व्यवस्था छ ।

पत्रकार आचारसंहिताको दायरामा बस्ने, गल्ती सच्याउन तयार भइ सन्तुलित समाचार प्रवाह गर्ने प्रतिबद्धता सम्बन्धित सञ्चार माध्यमबाट आएपछि काउन्सिलले आफूले गरेको कारवाही फुकुवा समेत गर्दै आएको छ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गल्ती सच्याउने तत्परता राख्नु सञ्चारमाध्यमको धर्म रहेको बताए । ‘काउन्सिलले कारवाही मात्र गर्ने होइन, गल्ती महसुस गर्दै सही र तथ्यपूर्ण समाचार सामाग्री दिने प्रतिवद्धता जनाउने सञ्चार माध्यमलाई कारवाही फुकुवासमेत गर्छ, गर्दै आएको छ’, उनले भने ।

काउन्सिलमा चालू गत साउनदेखि माघ १५ गतेसम्म २४७ मिडियाविरुद्ध १५६ वटा उजुरी र १ वटा जनगुनासो दर्ता भएका छन् । तीमध्ये ५६ वटा गालीबेइज्जती/चरित्रहत्या/मानहानी, ८७ वटा गलत/भ्रामक/असन्तुलित/दुष्प्रचार, ४ वटा बार्गेनिङ, ९ वटा हुबहु रहेको विज्ञप्तिमा उल्लेख छ । काउन्सिलले पत्रकारिता गर्ने उद्देश्यले सञ्चालित युट्युब च्यानललाई व्यवस्थित तथा मर्यादित बनाउन ‘युट्युब व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरणसम्बन्धी कार्यविधि’ बनाइ सोहीअनुसार अनुगमन र अभिमुखीकरण समेत गर्दै आएको छ । त्यस्तै युट्यूव च्यानल र फेसबुक पेजसमेत नियमन भइरहेको बस्नेतले बताए । ‘यस अवधिमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वैष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल) ४, फेसबुक पेज १ र अनलाइन ५ वटालाई निर्देशन र ४ वटालाई सचेत गराइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल (Thumnail) सहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने, काउन्सिलको निर्देशनलाई अनदेखा गरी गलत विवरण राखी भ्रम उत्पन्न गर्ने, मिडियाको रूपमा दर्ता/सूचीकरण नभएका ५४ युट्युब च्यानल र ५ फेसबुक पेजलाई नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार गरिएको छ ।

 

 

 

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ०६ : २५  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०