६९ अंकले बढ्यो सेयर बजार, १३ अर्बको कारोबार



हाम्रो इकोनोमि

 

 

साताको पहिलो दिन आइतबार सेयर बजार ६९.८० अंक (२.६२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको छ । बजारको यो अंक पछिल्लो दुई महिना (मंसिर २०) यताकै उच्च हो । साथै कारोबार रकम पनि उच्च देखिएको छ । गत साता बजार बन्द हुँदाको दिन ९ अर्ब ४० करोडको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोडको भयो । आज कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो लाग्यो । २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३ को स्थिर रह्यो ।

सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशत बढ्यो । बैंकिङ २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशत बढे ।

मूल्य धेरै बढेका र घटेका कम्पनी

आइतबार ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा अधिकांश माइक्रोफाइनान्स कम्पनी छन् ।उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै बजार बढ्दा पनि सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको ८.२०, माथिल्लो मैलुङखोलाको ५.८५, मन्दाकिनी हाइड्रोपावरको ४.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...