नेकपा एसका नेता माओवादीमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीका दुई सदस्यसहित जिल्ला कमिटीका सदस्यहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवन जिल्ला पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी सदस्य कृष्णराज लब्ली न्यौपाने र अरुण भण्डारीसहित जिल्ला कमिटी सदस्यहरूलाई माओवादीमा प्रवेश गराए ।

एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष गंगा लामा, राजेन्द्र कँडेललगायतका नेता माओवादी प्रवेश गरेका हुन् । माओवादी प्रवेश गरेका भण्डारी यसअघि एकीकृत समाजवादीको चितवन जिल्ला अध्यक्षसमेत रहेका थिए । एमालेमा हुँदा पार्टी सचिव रहेका भण्डारी विभाजनसँगै एकीकृत समाजवादीतिर लागेका थिए ।

त्यसअघि २०७४ को निर्वाचनमा उनी एमालेबाट भरतपुर १० को वडाध्यक्ष निर्वाचित भएका थिए । शनिबार आयोजित कार्यक्रममा अन्य विभिन्न पार्टीका ६० नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी चितवनका अध्यक्ष रामचन्द्र न्यौपाने (आरसी)ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...