नेकपा एसका नेता माओवादीमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीका दुई सदस्यसहित जिल्ला कमिटीका सदस्यहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवन जिल्ला पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी सदस्य कृष्णराज लब्ली न्यौपाने र अरुण भण्डारीसहित जिल्ला कमिटी सदस्यहरूलाई माओवादीमा प्रवेश गराए ।

एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष गंगा लामा, राजेन्द्र कँडेललगायतका नेता माओवादी प्रवेश गरेका हुन् । माओवादी प्रवेश गरेका भण्डारी यसअघि एकीकृत समाजवादीको चितवन जिल्ला अध्यक्षसमेत रहेका थिए । एमालेमा हुँदा पार्टी सचिव रहेका भण्डारी विभाजनसँगै एकीकृत समाजवादीतिर लागेका थिए ।

त्यसअघि २०७४ को निर्वाचनमा उनी एमालेबाट भरतपुर १० को वडाध्यक्ष निर्वाचित भएका थिए । शनिबार आयोजित कार्यक्रममा अन्य विभिन्न पार्टीका ६० नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी चितवनका अध्यक्ष रामचन्द्र न्यौपाने (आरसी)ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...