नागरिकलाई छिटो सेवा दिन अध्यादेश : उपाध्यक्ष पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले सुकुमबासीलाई लालपुर्जा वितरण, विकास निर्माण र भष्टाचार नियन्त्रण गर्न सरकारले अध्यादेश जारी गरेको बताएका छन् । चितवनमा नेकपा एमाले रत्ननगर नगर कमिटीको आज भएको १०औं नगर अधिवेशनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले शासन सत्ता टिकाउन नभई विकास निर्माण र जनतालाई छिटो सेवा दिन सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेका हुन् ।

उनले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको सहकार्य भएकोसमेत बताए । मुलुकलाई बचाउन एमाले र कांग्रेसको गठबन्धन बनेको भन्दै उनले २०८४ को निर्वाचनमा दुई दलबीचमा प्रतिस्पर्धा हुने बताए । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले विचार र सिद्धान्तको हिसाबले एमाले मुलुकको सर्वोत्कृष्ट पार्टी भएको बताए । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले एमालेलाई पुरानै अवस्थामा फर्काउन पार्टी निर्माणको कामलाई सूत्रबद्ध तरिकाले अगाडि बढाउन आग्रह गरे । कार्यक्रममा पार्टी निर्माणमा योगदान गरेका गोकर्ण कट्टेल, बालकृष्ण कोइराला, मानबहादुर तामाङ, पूर्णमान श्रेष्ठ, खड्गकुमारी ढुंगाना, छायाँदेवी गौतम, हर्कबहादुर अधिकारी, धनवीर महतो, टंकप्रसाद ढकाललाई सम्मान गरिएको नगर कमिटी सचिव शिव सुवेदीले जानकारी दिए ।

३०० जना प्रतिनिधि सहभागी अधिवेशनले आगामी कार्यकालको लागि एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय नगर कमिटी चयन गर्ने नगर कमिटी अध्यक्ष ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...