‘ढलें ढलें’ गीत बजारमा आउँदैमा सरकार ढल्दैन : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरु सरकार ढलाउनमा लागेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरु सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताएका हुन् । उनले भने, ‘विपक्षमा रहिरहेका साथीहरु एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघ मसान्त, माघे संक्रान्ती आदी इत्यादी । एउटा गीत बजारमा आएको छ–‘ढलें ढलें’भन्ने अलि प्रचारमा छ । प्रायः आम रुपमा राजनीतिक नेताहरुले गाएको सुन्छु–ढल्यो ढल्यो ढल्यो।।। आज ढल्यो, भरे ढल्यो, बिहान ढल्यो । राती ढल्यो, ढल्यो, ढल्यो ।।।।।।। यो गीत पार्टी उत्सवमा सुहाउँला राजनीतिमा त्यति सुहाँउदैन् । साथै उनले ८४ सम्म यो सरकार टसमस नगर्ने बताए । उनले दिनरात सरकार ढले भनेर गीत गाउनुको सट्टा कति कामहरु राम्रा भएका छन् त्यसको मूल्यांकन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...