बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने



हाम्रो इकोनोमि

 

 

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ नगरपालिकामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै  आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेलामा युवाहरुलाई रोजगार दिने तयारी गरिएको जानकारी प्रदान गरिएको छ । “शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता”नारासहित हुन लागेको मेलामा युवा वर्गलाई रोजगारी तथा सीप विकासमा जोड दिने लक्ष्य राखिएको छ । मङ्गलबार पत्रकार सम्मलेन गर्दै नगरपालिकाले गतवर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा युवा परामर्शमा केन्द्रित रहेकोमा यसपटक श्रमिक तथा उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिइने जानकारी दिएको छ । मेलामा कुल ४८ वटा स्टल रहने छन्, जसमा १५ वटा रोजगारीका अवसर खुलाउने, ६ वटा श्रम स्वीकृतिसम्बन्धी जानकारी दिने र अन्य स्टलहरूले उद्यमशीलता तथा डिजिटल प्रविधि सम्बन्धी सेवा तथा सूचना प्रदान गर्नेछन् ।

कम्तीमा माध्यामिक तह उत्तीर्ण गरेका १०० जना युवाहरूका लागि रोजगारी प्रवर्द्धनको विशेष अवसर मिलाइने र ४०० जनालाई व्यावसायिक सीपसम्बन्धी परामर्श दिइने नगरपालिकाको योजना रहेको छ । युवाहरूलाई स्वरोजगारको सम्भावना खोज्न प्रोत्साहित गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग अन्तर्क्रिया गराउने कार्यक्रमसमेत रहेको नगरपालिकाले बताएको छ । नगरपालिकाले बेरोजगार युवाहरूका लागि सूचनाको पहुँच विस्तार गर्दै रोजगारी सूचना केन्द्र सञ्चालनमा ल्याइसकेको छ । इच्छुक व्यक्तिहरूले माघ २५ गतेभित्र नगरपालिकाको पेजमा उल्लेख भएको फारममा  अनलाइन वा वडा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

सामाजिक विकास समितिकि संयोजक शान्ता ढकालको अध्यक्षतामा भएको अओ पत्रकार भेटघाटका प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारी रहेका थिए भने उपप्रमुख अनिता लामा , प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्यालको उपस्तिथि रहेको थियो। नगरपालिकाको शिक्षा , युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहले स्वागत सहित विस्तृत जानकारी प्रदान गरिएको कार्यक्रमको संचालक अधिकृत अनिता खनाल रहेकी थिइन ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...