कुतर्क गरेर जनता नढाँट्नू : मन्त्री गुरुङ



हाम्रो इकोनोमि

 

 

 सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गरेको बताएका छन् । आइतबार सिंहदरबारमा आयोजित हुलाक सेवाको पुनसंरचना अनुसार एक स्थानीय तह एक हुलाक कार्यालय स्थापना घोषणा कार्यक्रममा मन्त्री गुरुङले यसअघिको सरकारका कारण हरेक क्षेत्रमा अस्तव्यस्त भएकाले वर्तमान सरकारले त्यसलाई सुधार गर्न खोजेको बताए ।

अत्यावश्यक क्षेत्रलाई छिटोभन्दा छिटो सुधार गर्नकै लागि सरकारले अध्यादेश ल्याउनुपरेको उनले बताए । मन्त्री गुरुङले क्रान्तिकारी काम गर्न खोज्दा सरकारबाट हटाइयो भन्ने तर्क गरेर जनतालाई ढाट्ने काम नगर्न सुझावसमेत दिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे अभिव्यक्तिलाई इंगित गर्दै यस्तो बताए ।

मन्त्री गुरुङले मुलुकको स्थायी सरकार कर्मचारीतन्त्र भएपनि यसमा नै सवैभन्दा बढी राजनीतिकरण भएकाले सरकारले सिस्टम बनाउन खाजेको बताए । सहकारी ठगी प्रक्रियामा संलग्न सबैलाई कारबाही गर्दै नियमन प्राधिकरण गठन गर्न सरकारले आवश्यक कानून ल्याउन खोजेको उनले बताए । मन्त्री गुरुङले नेपालको हुलाक क्षेत्रलाई राज्यले सधै उपेक्षा गरेको भन्दै अव यसलाई आधुनिकिरण गर्दै अघि बढाउने प्रतिवद्धता जनाए । मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...