प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश



 

 

प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी केन्द्र छाडेर नेकपा (एमाले) मा प्रवेश गरेको छ । प्युठानको सरुमारानी -४, सिरबारी क्षेत्रका हपुरखाेला,जङ्गले, सनचर खाेला,अम्मरे, पुर्णगाउँ , खाई,खन्नेरी ,दह र हपुरखोलाका एक घर बाहेक सबै ५१ घरधुरी माओवादी छाडेर एमाले प्रवेश गरेको एमाले प्युठानका जिल्ला सदस्य चिन्त बहादुर सोमैले जानकारी दिनुभयो । नेकपा(माओवादी केन्द्र)सरूमारानि – ४ नं.वडा कमिटीका अध्यक्ष लाल बहादुर थापा मगर,अगुवा कार्यकर्ताहरू तुल बहादुर घर्ती मगर ,तेज बहादुर बुढाथोकी,रूपेस थापा मगर,वीर बहादुर थापा मगर (विकास) सहित ५१ जना कार्यकर्ताहरू नेकपा (एमालेमा) प्रवेस गर्नु भएको हो ।

पार्टी प्रबेश कार्यक्रममा आफ्ना कुरा राख्दै नेता लाल बहादुर थापाले गाउँमा सबैखाले समस्याको समाधान एमालेले मात्र गर्न सक्ने भएका कारण आफूहरू सामूहिक रूपमा एमालेमा प्रवेश गरेको बताउनुभयो । २०७९ को निर्वाचनपछी सरुमारानीमा मात्रै विभिन्न पार्टी छोडेर झण्डै १३० घरधुरीले एमाले रोजेको एमाले प्युठानका निर्वाचन क्षेत्र समन्वय कमिटी प्युठान ‘क’ का संयोजक मोहम्मद हलिम हलुवाईले बताउनुभयो । नवप्रवेशीहरूलाई संविधान सभा सदस्य एवंम एमाले नेता धन बहादुर रायमाझी, लुम्बिनी प्रदेश कमिटी सदस्य झग बहादुर बिश्वकर्मा, वडाअध्यक्ष चिन्त बहादुर सोमै लगायतले अबिर मालासहित पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पतञ्जलि जग्गा प्रकरणम : माधव नेपाल विशेष अदालतमा हाजिर हुदै

    पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदैछन्

अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन

    अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका