प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश



हाम्रो इकोनोमि

 

 

प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी केन्द्र छाडेर नेकपा (एमाले) मा प्रवेश गरेको छ । प्युठानको सरुमारानी -४, सिरबारी क्षेत्रका हपुरखाेला,जङ्गले, सनचर खाेला,अम्मरे, पुर्णगाउँ , खाई,खन्नेरी ,दह र हपुरखोलाका एक घर बाहेक सबै ५१ घरधुरी माओवादी छाडेर एमाले प्रवेश गरेको एमाले प्युठानका जिल्ला सदस्य चिन्त बहादुर सोमैले जानकारी दिनुभयो । नेकपा(माओवादी केन्द्र)सरूमारानि – ४ नं.वडा कमिटीका अध्यक्ष लाल बहादुर थापा मगर,अगुवा कार्यकर्ताहरू तुल बहादुर घर्ती मगर ,तेज बहादुर बुढाथोकी,रूपेस थापा मगर,वीर बहादुर थापा मगर (विकास) सहित ५१ जना कार्यकर्ताहरू नेकपा (एमालेमा) प्रवेस गर्नु भएको हो ।

पार्टी प्रबेश कार्यक्रममा आफ्ना कुरा राख्दै नेता लाल बहादुर थापाले गाउँमा सबैखाले समस्याको समाधान एमालेले मात्र गर्न सक्ने भएका कारण आफूहरू सामूहिक रूपमा एमालेमा प्रवेश गरेको बताउनुभयो । २०७९ को निर्वाचनपछी सरुमारानीमा मात्रै विभिन्न पार्टी छोडेर झण्डै १३० घरधुरीले एमाले रोजेको एमाले प्युठानका निर्वाचन क्षेत्र समन्वय कमिटी प्युठान ‘क’ का संयोजक मोहम्मद हलिम हलुवाईले बताउनुभयो । नवप्रवेशीहरूलाई संविधान सभा सदस्य एवंम एमाले नेता धन बहादुर रायमाझी, लुम्बिनी प्रदेश कमिटी सदस्य झग बहादुर बिश्वकर्मा, वडाअध्यक्ष चिन्त बहादुर सोमै लगायतले अबिर मालासहित पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...