एमालेको पूर्वमन्त्री र उनका छोरा कारबाहीमा



 

 

नेकपा एमालेबाट निष्कासित भएका भीम रावलको स्वागतमा खटिएका प्रदेशका पूर्वमन्त्रीसहित २ जना कारबाहीमा परेका छन् । नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको छ । शनिवार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई जिम्मेवारीबाट हटाउँदै पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

पूर्वमन्त्री कृष्णराज सुवेदीलाई पनि संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चूडामणि भट्टले जानकारी दिए ।उनीहरू एमालेमा भीम रावल निकट मानिँदै आएका थिए । रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन् । रावल धनगढी आउँदा दुवै जना स्वागतमा खटिएका थिए । यस्तै, एमाले सचिवालय बैठकले पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका बारेमा सामाजिक सञ्जालमा जथाभाबी लेख्ने पूर्वसचिव भीम उपाध्याय र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध धनगढी विमानस्थलमा भएको नाराबाजीप्रती ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक