सामाजिक सेवामा अग्रसर नेकपा एमाले राप्ती



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले राप्ती नगरपालिका वडा नं. ६ को आयोजनामा आज राष्ट्रिय आधारभुत विधालय राप्ती -६ पडरियामा “ न्यानो कपडा एवम् शैक्षिक सामाग्री वितरण कार्यक्रम” नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश सभा संसदीय दलका नेता, पुर्व मन्त्री माननीय जगन्नाथ थपलिया ज्युको प्रमुख आथित्यतामा सम्पन्न गर्यो ।

कार्क्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, सदस्यहरु गोविन्द प्रसाद कडेल, श्यामलाल विक , प्रदेश विभागीय सदस्य जल्लु महत्तो थारु, राप्ती नगरकमिटी अध्यक्ष राजकुमार कडेल, जिल्ला कमिटी सदस्य एवं वडा नं ६ का इन्चार्ज उत्तम सेढाई, जिल्ला समन्वय समिति सदस्य गुनु विक लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुदै प्रमुख अथिति पुर्व मन्त्री जगन्नाथ थपलियाले सामाजिक कार्यमा नेकपा एमाले निरन्तर जोडिने जनाउनु भयो र राप्ती ६ मा बागमती प्रदेश सरकारबाट प्रसस्तै बजेट विनियोजन नेकपा एमालेको पहलमा भएको स्मरण गराउनु भयो । यस्तै मन्तव्य राख्नु हुदै नेकपा एमाले प्रदेश उपाध्यक्ष एवम् पुर्व मन्त्री दावा दोर्जे लामाले न्यानो कपडा एवम् शैक्षिक सामाग्री वितरण कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने प्रवासी मञ्च पोल्याण्डका सहयोगी रुपक थापा, वडा कमिटी सदस्य धनराज चौधरी लगायतका सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो र सामाजिक काममा स्थापित पार्टी नेकपा एमाले रहेको कुरा उल्लेख गर्नु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुदै युवा नेता नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं वडा नं ६ का इन्चार्ज उत्तम सेढाईले विभिन्न समयमा पार्टीको समन्वयमा हुने यस्ता मनकारी मानवहीतका कार्क्महरुको आयोजनाले नेकपा एमाले जनताको पार्टी भएको पुनर्पुष्टी गर्ने गरेको प्रसंग उल्लेख गर्नु भयो साथै प्रवासी मन्च पोल्याण्डका क.रूपक थापा र वडा कमिटी सदस्य क.धनराज चौधरीलाई सहयोगको लागी धन्यवाद व्यक्त गर्नुभयो ।

 

 

राष्ट्रिय आधारभुत विद्यालय राप्ती-६, पडरियाका ११० जना विद्यार्थीहरूलाई अविभावकहरुको उपस्थितिॅा न्यानो कपडा स्विटर तथा शैक्षिक सामाग्री वितरण गरि कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता नेकपा एमाले राप्ती ६ का अध्यक्ष शिवनारायण चौधरीले गर्नु भएको थियो भने कार्यक्रम संचालन युवा नेता अनेरास्ववियु बागमती प्रदेश कमिटीका सदस्य सुजन थापा काजीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...