दुई लाख नयाँ सदस्य थप्ने एमालेको योजना



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले वडा केन्द्रित पार्टी निर्माण अभियान-२०८१ सम्बन्धी अवधारणा पत्रको प्रस्ताव तयार पारेको छ । जारी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको अनुसूचीमा केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले तयार पारेको अवधारणा पत्र राखिएको छ । जसमा कसैले कहिल्यै चुनौती दिन नसक्ने बलियो एमाले बनाउनका निमित्त नै स्थानीय स्तरबाटै पार्टी काम र संगठनलाई सबल बनाउन तीन महिना वडा–केन्द्रित पार्टी निर्माण विशेष अभियान सञ्चालन गर्न प्रस्ताव गरिएको छ । अभियानको पहिलो उद्देश्य तथा अपेक्षित उपलब्धिमा पार्टी जिल्ला कमिटीको निर्णयले २०८२ का लागि योग्य ठहरिएका सबै पार्टी सदस्यहरूले २०८१ चैतभित्रै सदस्यता नवीकरण गर्ने, ९० प्रतिशत पार्टी सदस्य अनलाइनमा आउने उल्लेख छ । त्यस्तै पार्टी सदस्यतामा दुई लाख नयाँ सदस्य थप हुने, हाल रहेको ७ हजार ५ सय ९ वडा स्तरको कमिटीमा थप ५ सय शाखा तथा वडास्तरका कमिटी गठन हुने, सबै वडास्तरका कमिटीहरुको अधिवेशन चैत मसान्तभित्र सम्पन्न हुने, हालका टोल स्तरका कमिटीमा ५ हजार कमिटीहरु थप निर्माण उल्खेख छ । विभिन्न उद्देश्य, गर्नुपर्ने कामको सूचीसहित अभियान सञ्चालनबारे अवधारणापत्रको प्रस्तावमा निम्न विषय उल्लेख गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...