केन्द्रीय कमिटी बैठक : थापा र गौतमको संयोजकत्वमा दुई समिति गठन



 

नेकपा एमालेको आइतबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ । बैठकमा अध्यक्षको सम्बोधनसँगै अलग अलग दुई समिति गठन भएका छन् । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा बहस नोट समिति गठन भएको छ । सो समितिको सदस्यमा केन्द्रीय सदस्य विष्णु रिजाल र निरज आचार्य सदस्य छन् । त्यस्तै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा रघुजी पन्त र खगराज अधिकारी सदस्य रहेको समसामयिक प्रस्ताव समिति गठन भएको छ । तीन दिनसम्म चल्ने बैठकमा समूह बनाएर अध्यक्षको प्रस्तावमाथि छलफल हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ