खाएको थालमा चुठ्नु राम्रो होइन : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी छाड्नेहरूप्रति व्यंग्य गर्दै खाएको थालमा चुठ्नु राम्रो नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पार्टी छाडेपछि सराप्ने संस्कार वाहियात भएको बताएका छन् । उनले लेखेका छन्, ‘मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपुर्ति र पदीय महत्वकांक्षामा होइन, संकट, त्याग र संघर्षको समयमा हुन्छ । आफ्नै लागि आउनेहरू आए सकेजति लाभ लिए र गए । हाईट र लाईट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए । खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो । आज बिहानमात्र नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले आज बिहान फेसबुकबाट एमाले छाडेको घोषणा गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...