नेपालमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल



 

 

नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले इटहरीमा राजावादी पक्षसँग भेटघाट गरेका छन् ।भेटघाटमा उनले २०४७ सालमा संवैधानिक राजतन्त्र उल्लेख रहेको बताउँदै उनले राजाकै अगाडि आफूले मन्त्रीको सपथ गरेको पनि सम्झिए । ‘२०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमालेले पनि मानेको हो, त्यही अन्तरगत म पहिलोचोटी मनमोहनजीको पालामा मन्त्री भएको हो, राजाकै अगाडि उभिएर सपथ लिएको हो,’ उनले भने, ‘२०६२/६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, यो म तपाईंहरुलाई जानकारी गराउँछु, धर्ननिरपेक्षता पनि थिएन, संघीयता पनि थिएन । आन्दोलनका क्रममा बाहिरबाट घुसपैठ भएर नेपालमा गणतन्त्र आएको उनले जिकिर गरे ।

‘हामीले चाहिँ संगठन गर्ने, अभिव्यक्ति दिने कुरा गर्नुपर्छ जुन संवैधानिक राजतन्त्र हो त्यही बाटोमा जाऔं भनेर सुरु गरियो, उनले भने, ‘जब आन्दोलन नियन्त्रणभन्दा बाहिर गयो अनि घुसाउनेहरुले ठयाक्कै आएर छिराए । रावल यत्तिमै रोकिएनन् र भने, ‘अनि त्यो त कस्तो थियो भने कोशी नदी उर्लिएर आइसकेपछि तल केहीले छेक्दैन नि । जनआन्दोलनलाई उनले कोशी उर्लिएको जस्तै संज्ञा दिए । अहिले देशमा भइरहेको विकृति रोक्नका लागि दुई वटा मात्रै उपाय रहेको उनले बताए । आफू राजनीतिशास्त्रको विद्यार्थी भएको र व्यवहारिक कुरा गर्ने बताउँदै रावलले भने, ‘जनताले एकजुट भएर निर्वाचनको माध्ययमबाट पूर्णरुपमा पराजित गर्नुपर्यो । ठूलो मात्रामा अरु मान्छेलाई जिताउनु पर्यो र संविधानदेखि कहाँकहाँ परिवर्तन गर्नुपर्ने हो । यो बाटोबाट मात्रै परिवर्तन गर्ने सम्भावना नरहेको भन्दै उनले जनता पनि परिचालित हुनुपर्ने बताए ।

झापामा ‘नेकपा एमाले जिन्दावाद, भोट केमा हलोमा’ भन्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने, ‘अब यस्तो स्थितिमा यस्ता खालका चरित्रका पात्रहरुको हातमा यो चिज (सत्ता) भएकाले यसलाई समाप्त गर्नका लागि निर्वाचन प्रणाली एउटा महत्वपूर्ण प्रणाली हो, निर्वाचनको माध्यमबाट मात्रै यो सबै हुन्छ कि हुँदैन मलाई अलिक शंका छ, जनता अलिक परिचालित हुनुपर्ला ।

प्रतिक्रिया दिनुहोस
छविलाल जोशी धरौटीमा रिहा

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी धरौटीमा रिहा भएका छन्

राष्ट्रिय हितलाई तिलाञ्जलि दिन सक्दैनौँ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने र

चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

    चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने

भीम रावलको पक्षमा कसले निकाल्यो ५९ जनाको विज्ञप्ति, हेर्नुहोस नामसहित

    नेकपा एमालेबाट निष्कासन भएपछि भीम रावलले सुरू गरेको मातृभूमि जागरण अभियानलाई