भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका भीम रावललाई विराटनगरमा स्वागत गर्न एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता र राजावादीहरू विराटनगर विमानस्थलमा पुगेका छन् । केही दिन अघि एमालेबाट कारवाहीमा परेका रावललाई स्वागत गर्न एकीकृत समाजवादीका नेता वसिम आलाम नेतृत्वको समूह विमानस्थल पुगेको हो । आलाम एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । रावललाई विमानस्थलमा स्वागत गर्न सतिस पोख्रेलको समूह पनि विराटनगर पुगेको छ । उनी राजसंस्था फकाइनुपर्छ भन्दै अभियान सञ्चालन गर्दै आएका छन् । उनी दुर्गा प्रसाईँले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानमा समेत आबद्ध छन् । उनी शिव सेना मोरङको अध्यक्ष समेत भएका थिए । अहिले भने उनी शिव सेनामा आबद्ध छैनन् । विमानस्थलबाट रावल भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताकाे आयाेजककाे गाडी चढेर सुनसरी गएका छन् । सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटन गर्न रावल सुनसरी आएका हुन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...