१० विमानस्थलमा रात्रिकालीन उडान हुने



हाम्रो इकोनोमि

 

 

नेपालमा रात्रिकालीन उडान हुने विमानस्थल संख्या १० पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो समय राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । योसँगै अब तीन अन्तर्राष्ट्रिय विमानस्थल र ७ आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सम्भव भएको हो ।प्राधिकरणका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने गरेको छ । यसैगरी मोरङ विराटनगर, झापा चन्द्रगढी, धनुषा जनकपुर, बाँके नेपालगञ्ज, बारा सिमरा र सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुन्छ । अहिले नेपालमा तीन अन्तर्राष्ट्रिय, तीन हबसहित ३५ विमानस्थलमा उडान भइरहेको छ । देशभरिका २० विमानस्थल भने बन्द अवस्थामा छन् । नेपालमा एक हेलिपोर्ट (नलिनचोक) छ । एक अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) निर्माण (प्रस्तावित) छ ।

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...