राजनीतिमा नफर्कन पूर्वराष्ट्रपतिलाई विश्वप्रकाशको सुझाव



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिएका छन् । राजनीतिमा भन्दा सामाजिक रुपान्तरणको नायक बन्न उनको सुझाव छ । शुक्रबार राजधानीमा भएकाे नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रममा उनले यस्ताे सुझाव दिएका हुन् ।

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ,’ उनले भने । राजनीतिमा आएर कुनै एक दलको नेता मात्र बन्ने अवसर पनि रहेको र सामाजिक रुपान्तरणको नायक बनेर सबैको नेता बन्ने सुविधा पनि पूर्वराष्ट्रपतिहरूमा रहेको उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा पुनः सक्रिय हुन खोजेका समाचारतर्फ संकेत गर्दै उनले उनले थपे, ‘यद्यपि राजनीतिमै आउन चाहनुभएको हो कि, नेताहरूले ल्याउन खोज्नुभएको हो । यदि मलाई कसैले सोध्छ भने म अहिलेसम्मका दुवै पूर्वराष्ट्रपति (विद्यादेवी भण्डारी र डा. रामवरण यादव) हरू सामाजिक रुपान्तरणको नायक बन्नुपर्छ भन्ने मान्यता राख्दछु ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...