दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब ६७ करोडको कारोबार



हाम्रो इकोनोमि

 

 

मंगलबार सेयर बजारको अंक २६ सयमुनि झरेको छ । अघिल्लो कारोबार दिन २६०९ अंकमा रहेको नेप्से यस दिन ३३.०८ अंक घटेर २५७६ अंकमा झरेको हो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४७ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६७ करोडको भयो । जम्मा २८ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो । अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । अन्य समूह जम्मा ०.०६ प्रतिशत बढ्यो । बैंकिङ ०.९२, विकास बैंक २.७७, फाइनान्स ५.१९, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन १.५१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा ०.९५ र व्यापार २.९७ प्रतिशत घटे । नाडेप लघुवित्त र उपकार लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । निफ्राको ३.३२, रसुवागढी हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य बढ्यो । ४ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ। सपोर्ट माइक्रोफाइनान्स, जानाकी फाइनान्स, पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो । गुहेश्वरी फाइनान्सको ९.३, बोटलर्स नेपाल तराईको ९.२५, मल्टिपर्पस फाइनान्सको ७.८, सेन्ट्रल फाइनान्सको ७.२२ तथा गुराँस लघुवित्तको ६.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा प्रभु बैंक, नेपाल फाइनान्स, जानाकी फाइनान्स, एनएलजी इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...