निर्वाचन आयोगमा दल दर्ता गर्ने विप्लव पार्टीको निर्णय



 

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी २०८४ को चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको छ । गत मंसिर २७ देखि पुस २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको बैठकको निर्णय आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिँदै दल दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने निर्णय गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए । उनका अनुसार नेकपाले आगामी चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुमबासी, मिटरव्याज, ऋण आतंकलगायतका मुद्दामा फागुन २ देखि झापा-कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको पनि उनले जानकारी दिए । जनमार्चमा महासचिव, प्रवक्ता, केन्द्रीय समिति, जवस मोर्चाका नेता, सामना साँस्कृतिक परिवार सहभागी हुनेछन् । यस्तै नेकपाले क्रान्तिकारी पार्टीहरुसँग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसँग मोर्चा, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय पनि गरेको छ । उसले माओवादी केन्द्रसँग एकताको गृहकार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ