मधेशका नेताले जनता अल्मल्याए : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका नेताहरूले संविधानको धारा–धारामा राजनीति गरेर जनता अलमल्याइरहेको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘म अघिल्लो पटक प्रधानमन्त्री हुँदा गफ धेरै गरे । ठूला कुरा धेरै गरे । यहाँका नेताहरूको माग संविधानको फलानो धारा फेनुपर्छ मात्रै भन्नुहुन्छ,’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘संविधानको धाराको राजनीति गरेर जनता अलमल्याइरहनुहुन्छ । साथै, उनले मधेशी जनताको जीवनस्तरमा फरक पार्नेगरी आफू नेतृत्वको सरकारले काम गरिरहेको जिकिर गरे । ‘मधेशको जनताको जीवनस्तरमा फरक पार्नका लागि हुलाकी राजमार्ग हामीले सुरु गरेका हौं,’ उनले भने । केही ठाउँमा आरक्षण र निकुन्जका कारण अवरोध भए पनि अधिकांशश ठाउँमा राजमार्गको काम पूरा भएको उनको भनाइ थियो । ‘आम रुपमा हुलाकी राजमार्ग पूरा भएको छ । १० वटा हुलाकी राजमार्गमा आधुनिक सहर बनाउने भनेका छौं । त्यो बढाएर १३ वटा बनाएका छौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...