तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं : ईश्वर पोखरेल



 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्ने पक्षमा आफूहरु रहेको बताएका छन् । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै दुवै छिमेकीहरुसँग संवेदनशिल भएर प्रस्तुत हुने पक्षमा रहेको बताए । उनले भने, ‘हाम्रो दुवै छिमेकीसँग हाम्रो राजनीतिक नेतृत्वले आई टु आई कुरा गर्ने सामथ्य राखोस् । आफ्ना समस्यालाई प्रस्तुत गर्ने सामथ्र्य राखोस् । कि छिमेकीलाई मनपरी गाली गर्ने स्कुलिङ छ कि धोडा टेकेको अभ्यास छ । हामी दुवै कुराको विपक्षमा छौं । हामी दुवै कुरालाई गलत भन्छौं। हामी छिमेकीसँग आई टु आई कुरा गर्नुपर्छ तथ्य र प्रमाणको आधारमा प्रस्तुत हुनुपर्छ भन्ने पक्षमा छौं ।राष्ट्रिय मुद्दाहरुमा कांग्रेस र एमाले विगतमा पनि मिल्ने गरेको स्मरण गरे । उनले भने, ‘कांग्रेस र एमाले प्रतिस्पर्धी पनि हुन् । यो प्रतिस्पर्धा अस्वस्त नहोस् भनेर हामी बिशेष चनाखो रहनुपर्छ। त्यसैले हामीले अस्वस्थ सम्बन्धलाई हामीले अगाडि बढ्न दिन हुँदैन । 

प्रतिक्रिया दिनुहोस
पाँच हजार मेगावाट पीपीए गर्दै विद्युत् प्राधिकरण

    नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता

हारेकाले अर्को संगठन बनाउँदैमा एनआरएनए विभाजित हुँदैन : प्रधानमन्त्री

    गैर आवासीय नेपाली संघ विभाजन गर्ने शेष घले र महेश श्रेष्ठलगायतको

राष्ट्र बैंकमा ३ खर्ब ३५ अर्ब थुप्रियो, व्यवस्थापन गर्न सकस

    वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन

नबिल प्रिमियम रेमिटेन्स बचत खाता वैदेशिक रोजगार श्रमीककालागी साथी

    विदेशमा कामगर्न गएका र श्रम स्वकिृत लिएर बसेको रोजगारीका लागी विदेश