मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट छुटे



हाम्रो इकोनोमि

 

 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट छुटेका छन् । न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा रहेका प्रसाईं छुटेका हुन्।आपराधिक लाभ र संगठित अपराध कसुरमा अनुसन्धान गर्न भनेर प्रहरीले प्रसाईंलाई हिरासतमा लिएर अनुसन्धान गरेको थियो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । लगानी गरेको प्रमाण भन्दै विभिन्न कागजातहरू पनि ‘सार्वजनिक’ गरेपछि उनलाई सिआइबीले मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार साइबर ब्युरोले अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...