क्रिकेटको मज्जा दोब्बर सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूलाई एनपीएल टिकट वितरण ग¥यो



हाम्रो इकोनोमि

 

 

 

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहोलमा सीजी इलेक्ट्रोनिक्सले आयोजित रोमाञ्चक अफर सफलतापूर्वक सम्पन्न गर्दै १००० एनपीएल टिकट ग्राहकहरूलाई वितरण गरेको छ । अफर अन्तर्गत सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने ग्राहकहरूमध्ये लक्की ड्रमार्फत १००० जना विजेता छनोट गरिएको थियो, जसले किर्तिपुर स्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरे। कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका र क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन खरिद गर्ने ग्राहकहरूमध्येबाट लक्की विजेता छनोट गरी सबै टिकट वितरण गरेको छ । सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले भने, “१००० टिकट वितरण गर्दै ग्राहकहरूसँग एनपीएलको जोश र उत्साह साझा गर्न पाउँदा हामीलाई गर्व छ। हाम्रा ग्राहकहरूको खुशी नै हाम्रो प्राथमिकता हो, र यो अभियानले उनीहरूलाई उत्कृष्ट मूल्य र क्रिकेटको प्रत्यक्ष मज्जा प्रदान गर्ने अवसर दियो।” उनीहरूले नेपाली खेलकुद क्षेत्रलाई निरन्तर समर्थन गर्दै यस्ता योजनाहरू आगामी दिनमा पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ग्राहकहरूको उत्साहजनक सहभागिता अभियानका क्रममा ठूला घरेलु उपकरणहरू जस्तै टिभी, वाशिङ मेसिन, फ्रिज, एयर कण्डिसनर, बिभिन् प्रकारका हिटर, डिसवासर, आदिबाट लिएर साना घरेलु उपकरणहरू जस्तै एयर फ्रायर, भ्याकुम क्लिनर, आयरन, कफी मेकरजस्ता उत्पादनहरू खरिद गर्न ग्राहकहरूले ठूलो उत्साह देखाएका थिए । धन्यवाद र प्रतिबद्धतासीजी इलेक्ट्रोनिक्सले एनपीएल टिकट वितरण अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै ग्राहकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप रोमाञ्चक अफरहरू ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ। “यो अभियानले क्रिकेट प्रेमी ग्राहकहरूलाई हाम्रो ब्रान्डसँग जोड्ने अवसर मात्र होइन, उनीहरूको उत्साहको हिस्सा बन्ने अवसर पनि दिएको छ,” कम्पनीका प्रतिनिधिले बताएका छन् । सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको विश्वास र समर्थनलाई सम्मान गर्दै भविष्यमा पनि उत्कृष्ट उत्पादन र सेवाहरूमार्फत उनीहरूको अपेक्षालाई पुरा गर्ने योजनाहरू अघि बढाउने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

    लैङ्गिक न्यायपुर्ण समाज निमार्णको लागि पत्रकार र मिडियाको भुमिका प्रबद्र्धन गर्ने...