नेपालमा लगानी गर्न भारतका व्यवसायीलाई परराष्ट्रमन्त्रीको आग्रह



हाम्रो इकोनोमि

 

 

परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका विभिन्न क्षेत्रमा लगानी बढाउन भारतका निजी क्षेत्र र व्यवसायीलाई आग्रह गरेकी छन् । उनले सडक, रेलमार्ग, जलविद्युत्, केबल कार, अन्तर्राष्ट्रिय विमानस्थल, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन् । नयाँ दिल्लीमा आयोजित नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भनिन्, ‘भारत पहिल्यै नेपालमा ठूलो वैदेशिक लगानीकर्ता मध्ये एक हो, हामी भारतीय निजी क्षेत्र र उद्यमीहरुलाई नेपालमा सजिलै उपलब्ध हुने लगानीका अवसरहरुको लाभ उठाउन प्रोत्साहित गर्छौं । नेपालका कृषि, पर्यटन, खेलकुद, सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफलको सम्भावना रहेको समेत उनले बताएकी छन् । ‘भारतका चेन होटलहरु नेपालमा आएका छन्, नेपाल र भारतबीच क्रस–बोर्डर डिजिटल ट्रान्जेक्सनमा पनि उत्साहजनक प्रगति भएको छ’, उनले भनिन्, ‘यस्तोमा हामी दुवै देशका पर्यटक, व्यवसायी, विद्यार्थी, तीर्थयात्री र यात्रीहरुको सुविधाका लागि अन्तरदेशीय होटल नेटवर्क र डिजिटल प्रणालीको सञ्चालनमा प्रतीक्षारत् छौं । उनले नेपालले लुम्बिनी र पोखरामा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल समेत बनाएको भन्दै यसको पूर्णतः सञ्चालनका लागि सहयोग समेत मागेकी छन् ।‘हामीले यी विमानस्थलहरु उच्च लागतमा निर्माण गरेका छौं र तिनीहरुलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन हाम्रा नजिकका मित्र र छिमेकीको सहयोग चाहन्छौं’, उनले भनिन्, ‘हामी भारतको निजी हवाई सेवा सञ्चालकबाट यी दुई विमानस्थलमा सेवा सुरु गर्नका लागि सहयोग खोज्दैछौं । यसले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध मात्र नभइ, दुई देशको जनस्तरमा रहेको सम्बन्धलाई पनि मजबुत बनाउने बताइन् । ‘नेपाल सरकारले यस्ता सेवाका लागि विदेशी विमान कम्पनीहरुलाई विभिन्न प्रोत्साहन पनि प्रदान गरिरहेको छ’, उनले थपिन्, ‘नेपालले भारतमार्फत थप हवाई मार्गका पनि माग गर्दै आएको छ, जसले पर्यटन तथा समग्र अन्तरदेशीय सञ्जाल निर्माणमा ठूलो फाइदा पुर्‍याउनेछ । उनले नेपालले राजनीतिक रुपमा ऐतिहासिक रुपान्तरण गरेर देशमा शान्ति र लोकतन्त्र संस्थागत गरेको भन्दै अब मुलुकको प्राथमिकता तीब्र सामाजिक र आर्थिक विकास भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...