चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश



हाम्रो इकोनोमि

 

 

इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाएपनि जित निकाउन सकेनन् । उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । ओपनर विपिन रावल १८, लुक बेनकेन्सटाइन १६, कप्तान कुशल मल्ल २१, सन्तोष कार्की ८, सोहिल तानविर ४, अमर रौटेला ९ र रिजन ढकाल ७ रनमा आउट भए । शरद भेषवाकर १० रनमा अविजित रहे । बलिङमा कर्णालीका जिशन मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले र विपिन शर्माले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो । कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक पुरा गरे । जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट भए । रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए । चाडविक वाल्टन ४६ रनमा अविजित रहे । विलियमले जयकिशनसँग मिलेर ५९ र चाडविकसँग मिलेर ६७ रनको साझेदारी गरेका थिए । बलिङमा सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए । कर्णालीले अब फाइलन प्रवेशका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिचको खेलमा पराजित हुने टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...