४ करोडमा किनेको घरको अझै किस्ता तिर्दैछु : निकिता पौडेल



 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो खाताबाट ठूलो रकमको कारोवार भएको भनि प्रकाशित समाचारहरुप्रति प्रतिक्रिया जनाएकी छन् । प्रहरी अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको उनको आरोप छ । सामाजिक सञ्जालमा स्स्टाटस लेख्दै पौडेलले ४ करोडमा किनेको घरको अहिलेसम्म किस्ता तिरिरहेको पनि बताएकी छन् । उनी भन्छिन्, ‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ?’ आफूले सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई  बुझाईसकेको भन्दै उनले संवेदनशील विषयमा मिडिया संवेदनहीन भएको गुनासो गरेकी छन् । ‘समाचार लेख्नेमाथि दया लागेर आउँछ । खाता मेरो हो । यति–उति पैसा छ भनेर आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।

 

हेर्नुस उनको स्टाटस

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो