साइबर अपराधको जाहेरीमा शोभा पाठक पक्राउ



हाम्रो इकोनोमि

 

 

 धादिङकी शोभा पाठकलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट नियन्त्रणमा लिएको छ । साइबर अपराधको उजुरीमा उनलाई सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा जाहेरी दिएका थिए । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ । जानुका पाठक भनिने शोभा पाठकविरुद्ध मंसिर १८ मा विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाहीका लागि पक्राउ पुर्जी जारी भएको प्रहरी बृत्त स्वयम्भूका डीएसपी उध्दव भाटले बताए । उनलाई खोजी गर्ने क्रममा जिल्ला अदालतबाट नियन्त्रणमा लिइएको हो । पाठकले यसअघि एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतविरुद्ध समेत मुद्दा मामिला गरेकी थिइन् । बस्नेतसँग ठूलो धनराशी माग गरेर ब्ल्याकमेल गरेकाे आराेपमा उनीविरुद्ध आपराधिक लाभको मुद्दा चलेको थियो । बस्नेतविरुद्ध उनले दायर गरेको रिट अदालतले खारेज गरेको थियो । 

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...