पत्रकार महासंघ निर्वाचनमा प्रेस चौतारीलाई ठूलो सफलता



 

 

नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा प्रेस चौतारी नेपालले केन्द्र, प्रदेश र जिल्ला तहमा ठूलो सफलता हासिल गरेको छ । चौतारीबाट महासंघको केन्द्रीय अध्यक्षमा उम्मेदवार बनेकी निर्मला शर्मा विजयी भएकी छन् । महासंघको इतिहासमा पहिलोपटक महिला अध्यक्ष बनेकी शर्मा नेतृत्वको महासंघले पत्रकारिता क्षेत्रमा समानता, स्वतन्त्रता र पेशागत मर्यादालाई अझ बढावा दिने विश्वास गरिएको छ । चौतारीबाट महिला उपाध्यक्षमा नितु पण्डित, सचिवमा सविन प्रियासन र लेखा समिति संयोजकमा केसी लामिछाने निर्वाचित भएका छन्। यसैगरी, प्रदेश र जिल्ला तहमा पनि प्रेस चौतारीले सफलता हासिल गरेको छ । चौतारीबाट उम्मेदवार बनेका भरत खड्का, श्याम बन्जारा र विष्णुप्रसाद शर्मा क्रमशः कोशी, मधेश र कर्णाली प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रेस चौतारीले ४ जना पदाधिकारी, ३ प्रदेश अध्यक्ष, १५ केन्द्रीय सदस्य र २४ जिल्लामा अध्यक्ष जितेको छ ।

केन्द्रीय समिति पदाधिकारी (४ जना):

अध्यक्ष– निर्मला शर्मा
महिला उपाध्यक्ष– नितु पण्डित
सचिव आदिवासी जनजाति– सविन प्रियासन
लेखा समिति संयोजक– केसी लामिछाने

केन्द्रीय सदस्य (१५ जना)

खुल्ला सदस्य- भूपेन्द्र आचार्य, रामेश्वर कार्की
कोशी प्रदेश सदस्य– कमलमणि रिमाल
वागमती प्रदेश सदस्य– नवराज पथिक
गण्डकी प्रदेश सदस्य– कृष्ण केसी
लुम्बिनी प्रदेश सदस्य– विकास बन्जाडे
कर्णाली प्रदेश सदस्य– तुलाराम पाण्डे
सूदूरपश्चिम प्रदेश सदस्य– सुरेश पन्त
प्रतिष्ठान प्रदेश सदस्य– सविता शर्मा
संस्थागत सदस्य (एशोसिएट सदस्य)– पवित्रा मुडभरी
महिला सदस्य मधेसी– रुविकुमारी रौनियार
दलित सदस्य महिला– सावित्री रसाइली
आदिवासी जनजाति महिला– देविका घर्तीमगर
मधेसी सदस्य– राजकरण महतो
अल्पसंख्यक सदस्य– लक्ष्मण थामी

प्रदेश अध्यक्ष (३ वटा प्रदेश):

कोशी: भरत खड्का
मधेश: श्याम बन्जारा
कर्णाली: विष्णुप्रसाद शर्मा

जिल्ला अध्यक्षहरू (२४):

कोशी:

सुवास आचार्य, ताप्लेजुङ
भीम चापागाईं, इलाम
ध्रुव सुवेदी, भोजपुर
हरिबोल आचार्य, खोटाङ
पूर्ण न्यौपाने, ओखलढुंगा
सन्तोष काफ़्ले, सुनसरी

बागमती:

प्रभु जिरेल, दोलखा
विनोद न्यौपाने, काभ्रे
सीताराम अधिकारी, धादिङ
बालकृष्ण अधिकारी, मकवानपुर

गण्डकी:

माधव बराल, कास्की
लक्ष्मण सापकोटा, पर्वत
सुनदेवी रसाइली, मुस्ताङ

लुम्बिनी:

दिनेश पाण्डे, रूपन्देही
कमल तिमिल्सिना, पाल्पा
अनिल खत्री, गुल्मी
गणेश खनाल, अर्घाखाँची
केशव पराजुली, नवलपरासी

कर्णाली:

कमल शर्मा, दैलेख
भरतराज विष्ट, कालिकोट
सरोज थापा, डोल्पा

सुदूरपश्चिम:

सुरेश धामी, कञ्चनपुर
पदम सिंह, बाजुरा
राजेन्द्र सिंह धामी, दार्चुला

 

सर्वाधिक मत नितु पण्डितलाई

नेपाल पत्रकार महासंघको निर्वाचनमा सबैभन्दा लोकप्रिय मत उपाध्यक्ष नितु पण्डितले प्राप्त गरेकी छन् । महिला उपाध्यक्षको प्रतिस्पर्धामा पण्डितले ४७०५ मत प्राप्त गरेकी हुन् । यो निर्वाचनमा उनले पाएको मत नै सबैभन्दा बढी हो । उनको प्रतिस्पर्धामा रहेकी गंगा पौडेल बरालले २६४४ मत प्राप्त गरेकी छन् ।दोस्रो लोकप्रिय मत केन्द्रीय सदस्यतर्फ मधेशी महिलाबाट ललिता साह र तेस्रो लोकप्रिय मत अल्पसंख्यकबाट लक्ष्मण थामीले प्राप्त गरेका छन्, पदाधिकारीमा प्रेस चौतारी पक्षबाट अध्यक्ष निर्मल शर्मा,उपाध्यक्ष नितु पण्डित र आदिवासी जनजाति सचिव सविन प्रियसन चौधरी तीनजनाले जितेका छन् । प्रेस युनियनबाट वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, समावेशी उपाध्यक्ष उमिद बागचन्द, महासचिव राम प्रसाद दाहाल, सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, अशोक तिवारी, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुलीले जितेका छन् । त्यस्तै कोषध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारीले जितेका छन् भने लेखा समिति संयोजकमा प्रेस चौतारीका केसी लामिछाने निर्वाचित भएका छन् । यस हिसाबले महासंघको पदाधिकारीमा तीनवटा मुख्य संगठनको प्रतिनिधित्व कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह