नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी



हाम्रो इकोनोमि

 

 

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ । ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो । केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ । कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । विष्ट प्यानलका उनी प्रेस सेन्टरका नेता हुन् । महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । तर मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालका अनुसार जिल्ला र प्रदेशले पठाएका विवरण रुजु गरेर चुनावी नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । ‘दिउँसो १२-१ बजेसम्म नतिजा आधिकारिक रुपमा सार्वजनिक हने सम्भावना छ’ उनले भने । अनौपचारिक रुपमा संकलन गरिएको मतमा शर्मा एक हजारभन्दा बढी मतान्तरले विजयी हुने निश्चित भएको छ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् । महासंघको अध्यक्षमा शर्मासँग युनियनका विद्रोही रमेश विष्ट प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थनमा प्रतिस्पर्धा गरेका थिए । देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि अध्यक्षको उम्मेदवार थिए । महासंघको केन्द्रीय सदस्यहरुमा पनि अधिकांश शर्मा प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...