रविलाई पोखरा पुर्‍याइयो, निकिता पनि एउटै जहाजमा



हाम्रो इकोनोमि

 

 

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरातर्फ लगिएको छ । बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा उडेका छन् । रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो भने केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो । रवि चढेकै विमानमा उनकी पत्नी निकिता पौडेल पनि चढेकी छन् । उनी पनि पोखरा जान लागेकी हुन्, तर रवि र निकिता फरक फरक सिटमा छन् । रविलाई पोखराबाट बयानका लागि अस्ति वीरगञ्ज लगिएको थियो । हिजो एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो । श्रीमान कास्कीको हिरासतमा रहेदेखि पत्नी निकिता पनि धेरै समय पोखरा नै बस्दै आएकी छन् । रविलाई लैजाँदै गर्दा पोखरामा उनको समर्थनमा प्रदर्शन भइरहेको छ । काठमाडौंबाट गएका केही ‘स्वतन्त्र अभियन्ता’ हरुको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछिको सभामा उनीहरुले रवि लामिछानेलाई निशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...