कांग्रेस र एमाले रवि लामिछानेसँग किन तर्सिएको : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा सहकारी ठगहरु अहिले सत्ताको नेतृत्व गर्ने पार्टीहरुमा रहेको दाबी गरेका छन् । चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेका ठूला नेताहरु नै सहकारी ठगको रुपमा देखा परिसकेको बताए । उनले भने, ‘उनीहरुले जालझेल गरेर सहकारी ठगी गरेपछि श्रीमतीलाई डिभोर्स दिइसकेको भन्दै सँगै बसेका कुराहरु हामीले देखिरहेका छौं । तिनै नाटकबाजहरुलाई नै बचाउन यो सरकार लागिपरेको छ । अहिले उहाँहरुले एउटा पाउनुभएको रवि लामिछाने, जो यही चितवनबाट दुईदुई पटक अत्यधिक मतले जित्नुभयो । अहिले उहाँलाई राजनीतिक प्रतिशोधले जो गरिएको छ, अहिले त आतंकित पार्ने ढंगले मध्यरातमा प्रहरीबाट ज्यादती भएको पनि सुन्छु । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेबारे बुझ्दा सहकारी प्रकरणमा केही छैन भन्ने सबै सरकारी निकायबाट सूचना आएपछि सदनमा पनि बोलेको बताए । उनले भने, ‘देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति छैन । मैले सरकार र सरकारवादी नेताहरुलाई भनेको छु, किन हिरासतमा राख्नुपर्‍यो ? छाडेर जेजे अनुसन्धान गरे पनि भइहाल्यो नि ! रविजीले अदालतलाई सघाउँछु भनिराख्नुभएकै छ । रवि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिनपर्‍यो । सरकारले यो विषयमा ज्यादती गर्दा भने संसदको विशेष अधिवेशन बोलाएर हामी त्यहाँबाट पनि विरोध जनाउँछौं । साथै विपक्षी र सरकारमा भएकाहरुको पनि समर्थनमा हामी काठमाडौंमा ठूलो प्रदर्शन गर्छौं ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...