रविमाथिको अनुसन्धानमा प्रचण्ड बोल्नु गलत : गृहमन्त्री लेखक



 

गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा प्रभाव पार्ने गरी काम भइरहेको बताएका छन्। मंगलबार  पत्रकारहरूसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्षी दलको समर्थनमा लामिछाने आबद्ध दलका मानिसले अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको बताएका हुन्। ‘सहकारीको रकम अपचलनका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरू पनि यसमा तानिएका छन्,’ उनले भने, ‘अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय, वकिल कार्यालय र अदालत घेरा हाल्ने काम भइरहेको छ, यस्ता विधिको शासन उल्लंघन गरेर गरिने गतिविधिले न्याय दिने होइन। न्याय दिने निकायले आफ्नो तरिकाले काम गरिरहेका छन्।’ उनले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार नभएको बताएका छन्। ‘रवि लामिछानेमाथि अभद्र व्यवहार भएको कुरामा सत्यता छैन, सरकार प्रत्येक व्यक्तिको मानव अधिकारको रक्षा गर्ने विषयमा गम्भीर छ,’ दुई दल मिलेर बनेको सरकार संविधानको रक्षाका लागि सरकारलाई स्थायित्व दिँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक गतिविधि बढाउने, मुलुकको समृद्धिका लागि सरकार निरन्तर लोकतान्त्रिक संविधानको रक्षा सबैको दायित्व भएकाले यसलाई असफल बनाउने छुट कसैलाई नभएको उनले बताए।  ‘सरकार ढल्छ भन्ने हल्लामा कुनै आधार छैन, सरकारमा भएका दलहरूबीच सौहार्दपूर्ण सम्बन्ध छ,’ उनले भने, ‘प्रधानमन्त्रीले नै आलापोलोको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभएको छ, सम्झौता अनुसार अबको १८ महिनापछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ।’

प्रतिक्रिया दिनुहोस
छविलाल जोशी धरौटीमा रिहा

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी धरौटीमा रिहा भएका छन्

राष्ट्रिय हितलाई तिलाञ्जलि दिन सक्दैनौँ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने र

चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

    चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने

भीम रावलको पक्षमा कसले निकाल्यो ५९ जनाको विज्ञप्ति, हेर्नुहोस नामसहित

    नेकपा एमालेबाट निष्कासन भएपछि भीम रावलले सुरू गरेको मातृभूमि जागरण अभियानलाई