यस्ता छन बीआरआई फ्रेमवर्कभित्रका १० परियोजना



हाम्रो इकोनोमि

 

 

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । बेइजिङमा आयोजिक एक समारोहमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका नेसनल डेभलपमेन्ट उन्ड विकास रिफर्म कमिसनका उपाध्इक्ष लिउ सुशेले हस्ताक्षर गरेका हुन् । लामो समयदेखि चर्चा र बहसमा रहे तापनि बीआरआई सम्झौतामा ठोस प्रगति हुन सकेको थिएन । नेपालमा परियोजनाको भविष्यमाथि समेत प्रश्न उठ्न थालेको थियो । दुवै पक्ष बीआरआईको फ्रेमवर्कमा सहमत भएसँगै अन्योल चिरिएको छ । बीआरआई सहकार्य अन्तर्गत नेपालले १० वटा परियोजना अघि सारेको स्रोतले जानकारी दियो । फ्रेमवर्कभित्र समेटिएका परियोजनामा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग रहेका छन् । यस्तै, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स बीआरआईमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...