सेभ द चिल्ड्रेनको १०० वर्ष पुरा, बालअधिकार सुनिश्चितताका लागि आह्वान



 

 

 

नेपालमा सेभ द चिल्ड्रेनले बालअधिकार प्रवर्धनका लागि बालबालिकासँग चार दशक लामो यात्रा पूरा गरेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना  गर्यो। कार्यक्रममा सेभ द चिल्ड्रेन नेपाल र भुटानका राष्ट्रिय निर्देशक तारा क्षेत्रीले बालअधिकार सुनिश्चितताका लागि बालबालिका, समुदाय र नागरिक समाज संगठनहरुसँगको सहकार्य गर्दै आएको बताए । सेभ द चिल्ड्रेनले बालअधिकार प्रवर्धनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय दस्तावेज जेनेभा घोषणापत्र जारी भएको १०० वर्ष पुगेको अवसरमा बालअधिकारको शताब्दी महोत्सव मनाएको छ । सेभ द चिल्ड्रेनका संस्थापक एग्लेन्टाइन जेबको नेतृत्वमा जारी भएको यो घोषणापत्रले विश्वभर नै बालअधिकार पैरवीका लागि ऐतिहासिक आधारशिला निर्माण गरेको थियो । बालअधिकारको क्षेत्रमा विश्वभर सेभ द चिल्ड्रेनले एक अग्रणी एवम् स्वतन्त्र संस्थाको रुपमा काम गर्दै आएको छ । कार्यक्रममा ‘नेपालमा बालअधिकार अभियानः अवसर र भावी मार्गचित्र’ शीर्षकको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । प्रतिवेदनले देशमा बालअधिकारको विकास क्रमलाई समीक्षा गर्दै आगामी प्राथमिकताहरू प्रस्तुत गरेको छ । उक्त दस्तावेजले बालबालिकामा रणनीतिक लगानी बढाउनुपर्ने र नेपालको बालअधिकार अभियानले हासिल गरेका उपलब्धिहरुलाई दिगो रुपमा कायम राख्न भावी पुस्ताका बाल अभियन्ताहरु तयार गर्नुपर्नेमा जोड दिएको छ । कार्यक्रममा नेपालभरका बालबालिका र युवाको नेतृत्वमा सञ्चालन भएका जलवायु र लैंगिक न्याय जस्ता महत्वपूर्ण विषय केन्द्रित अभियानसम्बन्धी प्रस्तुतिहरु गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ