सिनामङ्गलको हवाई इन्धन डिपो स्थानान्तरण गरिँदै, डिपीआर तयार गर्न सम्झौता



हाम्रो इकोनोमि

 

नेपाल आयल निगम सिनामंगल र पुल्चोक इन्जिनियरिङ संस्थानबिच त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल परिसरबाट हवाई इन्धन डिपो स्थानान्तरण  गर्न दुई पक्षीय सम्झौता भएको छ । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल परिसरबाट हवाई डिपो सार्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारका लागि  सम्झौतामा सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादव र संस्थानका सहप्राध्यापक नारायण गौतमले हस्ताक्षर गरेका छन् । डीपीआर तयार गर्नका लागि १ करोड ९८ लाख रकम बराबर लागत लाग्ने प्रमुख यादवले बताए । सिनामंगल हवाई इन्धन डिपोका प्रमुख प्रदीपकुमार यादवले २०८४ मङ्सिरभित्रै स्थानान्तरण गरिसक्ने जानकारी दिएका हुन् ।   गत साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक वर्षभित्र डिपो स्थानान्तरणका लागि काम अगाडि बढाउने सहमति दिँदै निर्देशन दिएको थियो । सोहीअनुसार आयल निगमले विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरण गर्दै आधुनिक र सुविधा सम्पन्न बनाएर आइकाओको मापदण्डअनुसार निर्माण गर्न लागेको हो ।  आइकाओको मापदण्डअनुसार १ सय ७२ दशमलव ५ मिटर हुनुपर्ने भनेको छ । अहिले विमानस्थलको डिपो रनवे तथा समानान्तर ट्याक्सी–वेबाट ९० मिटरकै दुरीमा छ ।  सोही अनुसारको डीपीआर तयार गरिने र  डीपीआरअनुसार नै डिपो स्थानान्तरण हुने आयल निगमले जनाएको छ । अहिले  विमानस्थलमा रहेको डिपोको क्षमता १५ दिनको माग थेग्ने रहेको छ । यसलाई समेत विस्तार गर्ने निगमले जनाएको छ । 

Pradip Yadav.jpg

 

 

 

3.jpg

 

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...