सिनामङ्गलको हवाई इन्धन डिपो स्थानान्तरण गरिँदै, डिपीआर तयार गर्न सम्झौता



हाम्रो इकोनोमि

 

नेपाल आयल निगम सिनामंगल र पुल्चोक इन्जिनियरिङ संस्थानबिच त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल परिसरबाट हवाई इन्धन डिपो स्थानान्तरण  गर्न दुई पक्षीय सम्झौता भएको छ । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल परिसरबाट हवाई डिपो सार्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारका लागि  सम्झौतामा सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादव र संस्थानका सहप्राध्यापक नारायण गौतमले हस्ताक्षर गरेका छन् । डीपीआर तयार गर्नका लागि १ करोड ९८ लाख रकम बराबर लागत लाग्ने प्रमुख यादवले बताए । सिनामंगल हवाई इन्धन डिपोका प्रमुख प्रदीपकुमार यादवले २०८४ मङ्सिरभित्रै स्थानान्तरण गरिसक्ने जानकारी दिएका हुन् ।   गत साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक वर्षभित्र डिपो स्थानान्तरणका लागि काम अगाडि बढाउने सहमति दिँदै निर्देशन दिएको थियो । सोहीअनुसार आयल निगमले विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरण गर्दै आधुनिक र सुविधा सम्पन्न बनाएर आइकाओको मापदण्डअनुसार निर्माण गर्न लागेको हो ।  आइकाओको मापदण्डअनुसार १ सय ७२ दशमलव ५ मिटर हुनुपर्ने भनेको छ । अहिले विमानस्थलको डिपो रनवे तथा समानान्तर ट्याक्सी–वेबाट ९० मिटरकै दुरीमा छ ।  सोही अनुसारको डीपीआर तयार गरिने र  डीपीआरअनुसार नै डिपो स्थानान्तरण हुने आयल निगमले जनाएको छ । अहिले  विमानस्थलमा रहेको डिपोको क्षमता १५ दिनको माग थेग्ने रहेको छ । यसलाई समेत विस्तार गर्ने निगमले जनाएको छ । 

Pradip Yadav.jpg

 

 

 

3.jpg

 

 

 

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...