‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?



हाम्रो इकोनोमि

 

 

दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको थियो । स्थापित ब्रान्ड र निरन्तर सफलताको रेकर्डका कारण यो चलचित्रप्रति प्रदर्शक र वितरकले विश्वास देखाएका हुन् । नभन्दै चलचित्रले पहिलो दिनबाटै बम्पर व्यापार गर्‍यो । ट्रेलरले आलोचना खेप्नु परे पनि चलचित्र हेरेका दर्शकले यसको यथार्थपरक कथावस्तु मन पराएका छन् । चलचित्रमा हास्यरस कम भएको कतिपय दर्शकको गुनासो पनि सुनिएको छ । समग्रमा ‘वर्ड अफ माउथ’ बलियो भएकाले ‘छक्का पञ्जा ५’ ले धेरै दिनसम्म दर्शक तान्नसक्ने अनुमान गर्न सकिन्छ । निर्माता दीपकराज गिरी ‘छक्कापञ्जा ५’ ले हिजोसम्म अनुमानित ८ करोड रुपैयाँ ग्रस आम्दानी गरेको बताउँछन् । बुधबारसम्म १० करोड रुपैयाँ पुग्नसक्ने उनले प्रक्षेपण गरे । ‘आजसम्म दर्शकको चाप हेर्दा हामी पहिलो सातामै १० करोड छुनसक्ने अवस्थामा छौं’, गिरीले भने । हलबाट हुने कुल आम्दानीको ५० प्रतिशत सेयर निर्माताले पाउँछन् । जसअनुसार छक्कापञ्जा ५ ले निर्माताको गोजीमा ४ करोड रुपैयाँ मुनाफा निश्चित गरिसकेको छ । छक्कापञ्जा करिब ३ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । रिलिज हुनु अगाडि नै ओभरसिज राइट्सबाट दीपकराजले लगानी उठाइसकेका थिए । त्यसैले हलबाट भएको आम्दानी उनको टीमको चोखो मुनाफा हो । ‘छक्कापञ्जा ५’ दीपकराजको टीमले निर्माण गरेको सातौं चलचित्र हो । अहिलेसम्म निर्माण गरेका सबै चलचित्रमा शत प्रतिशत सफलताको रेकर्ड राख्न यो टीम सफल भएको छ । दशैंमा दर्शक उराल्ने अर्को चलचित्र बन्यो ‘१२ गाउँ’ । कुनै समयका एक्सन स्टार विराज भट्टले निर्माण र निर्देशन गरेको यो चलचित्र पनि निरन्तर हाउसफुल छ । दक्षिण भारतीय शैलीको एक्सन चलचित्र मन पराउने दर्शकहरु ‘१२ गाउँ’मा आकर्षित भएका छन् । विराज भट्टका छोरा समीर भट्ट यो चलचित्रका मुख्य आकर्षण हुन् । १२ गाउँ’को व्यापारिक आँकडा निर्माण पक्षले सार्वजनिक गरेको छैन । वितरक गोविन्द शाहीले एकै पटक एक साताको रिपोर्ट सार्वजनिक गरिने बताए । हामीले सबैतिरको रिपोर्ट पाइसकेका छैनौं, तर दर्शकको उपस्थिति एकदमै उत्साहजनक छ’, उनले भने, ‘आज पनि सबै शोहरु हाउसफुल छन् । हिजोसम्म चलचित्रले ६ करोड रुपैयाँभन्दा बढी कमाइसकेको शाहीले दाबी गरे । उनले भने, ‘ठ्याक्कै यति भन्न सक्ने अवस्था छैन, तर ६ करोडभन्दा माथि गइसक्यो । पछिल्लो तीन दिनमा डेढदेखि पौने दुई करोड रुपैयाँको बिजनेस भइरहेको छ । सुरुमा ‘छक्कापञ्जा ५’ भन्दा कम शो पाए पनि अहिले हाराहारी पुगिसकेको शाहीले दाबी गरे । उहाँहरुको स्थापित ब्रान्ड भएकाले बढी शो पाउनु स्वाभाविकै थियो । अहिले चाहिँ हाम्रोमा पनि शो थपिइरहेको छ । हलहरुप्रति कुनै गुनासो छैन’, शाहीले भने । विदेशी खासगरी भारतीय र दक्षिण भारतीय चलचित्र रिलिज हुँदा देखिने गरेको क्रेज अहिले नेपाली चलचित्रप्रति देखिएको छ । योभन्दा अगाडि नेपाली चलचित्रको ‘प्रि-बुकिङ’ खासै हुँदैनथ्यो । तर, ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ रिलिज हुनुभन्दा अगाडि नै दुवै चलचित्र हाउसफुल भइसकेका थिए । आजको दिनसम्म पनि यी चलचित्रमा दर्शक खचाखच छन् ।  तुलनात्मक रुपमा कम शो पाएको ‘ज्वाइँ साब’ ले पनि दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...