चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ



 

 

बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको शुभारम्भ गरेको हो । शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको उहाँले बताउनुभयो । सो
अवसरमा बोल्दै विशिष्ट अतिथि अधिकारीले यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्थालाई वित्तिय प्रक्रियाको लागि सहज र सरल सेवा मिल्ने बताउनभयो । यसका लागि आफुहरु सहकार्य गरेर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले डकुमेन्टस पुरा भएका विद्यार्थीहरुले प्रभु बैंकको सेवा लिन समेत आग्रह गर्नुभयो । प्रभु बैंकका चितवन क्लष्टर प्रमुख सांग्रिला श्रेष्ठले चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा शुरु भएको बताउनुभयो । बैंकले विद्यार्थी तथा अभिभावकको वित्तीय सहजताको लागि चितवनबाटै सेवा शुरु गरेको बताउनुभयो । एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकको जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । प्रभु बैंकको नारायणगढ  शाखा प्रमुख राजु पन्तले विद्यार्थीहरुको डकुमेन्टस पुरा भएका अधिकतम पाँच दिन भित्र लोन स्वीकृति हुने जानकारी दिनुभयो । यसका लागि अलग्गै कर्मचारीहरु खटाइएको समेत उहाँले जानकारी दिनुभयो । बैंकले यसअघि यो सेवा गण्डकी प्रदेशमा सेवा शुरु गसिकेको छ ।

प्रतिक्रिया दिनुहोस
पतञ्जलि जग्गा प्रकरणम : माधव नेपाल विशेष अदालतमा हाजिर हुदै

    पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदैछन्

अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन

    अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका