अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र



 

 

ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपालीसहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ । ती मध्ये अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा त्यहाँ पुगेको बताइएको छ । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा अलपत्र परेका मध्ये कसैसँग जायज कारण र कागजपत्र भए पुष्टि गरेर प्रवेश आज्ञा लिएर मात्रै ब्राजिल छाड्न आग्रह गरेको छ । मानव तस्करको प्रलोभनमा लाखौं रकम बुझाएर अवैध बाटो हुँदै अमेरिका हिँडेका १७६ नेपालीसहित झन्डै सात सय आप्रवासी एक सातादेखि ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका हुन् । ब्राजिलस्थित नेपाली दूतावासले  जारी गरेको एक विज्ञप्तिमा अलपत्र परेका सबै नेपाली सकुशल रहेको उल्लेख छ । ब्राजिलको नियन्त्रणमा रहेका नेपालीहरुले ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्नेहरुको संख्या बढ्दै गएपछि ब्राजिलले आप्रवासन नीतिमा परिवर्तन गरेको छ । ब्राजिलले राहदानीबाहकलाई प्रवेशआज्ञा लिएको भएमात्र ब्राजिलमा प्रवेश अनुमति दिने नियम ल्याएको दूतावासले उल्लेख गरेको छ । ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमास्थलमा शरणार्थीको मान्यता नदिने कानुन ल्याएको छ ।  सोही परिवर्तित कानुनका कारण यसपटक करिब सात सय आप्रवासी विमानस्थलमै अलपत्र परेका हुन् । तस्करको प्रलोभनमा अमेरिका छिर्ने क्रममा ब्राजिल पुगेका उनीहरुलाई केही दिनभित्र ब्राजिलले सम्बन्धित देशमा फिर्ता पठाउन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो