भदौ ११ देखि १६ गतेसम्म नाडा अटो शो हुने



 

 

यस वर्षको ‘नाडा अटो शो २०२४’ भदौ ११ देखि १६ गतेसम्म हुने भएको छ । प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा हुने अटो शोमा २४ वटा ब्राण्डका चार पांग्रे, १९ ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारीसाधन प्रदर्शन गरिने नाडाका अध्यक्ष करण चौधरीले बताए । नाडा अटो शोमा लक्ष्मीसनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकले पनि भाग लिनेछन् । बैंक तथा वित्त संस्थाले सवारी खरिद गर्ने ग्राहकहरुलाई सहज फाइनान्सिङको सुविधा दिनेछन् ।अटो शोमा ९५ प्रदर्शक सहभागी हुने अध्यक्ष चौधरीले जानकारी दिए । उनका अनुसार शोमा १३० वटा स्टलको व्यवस्था गरिनेछ । 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ०४ : २५  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या