२०-३० वर्षमै विवाह गर्नुस, छिटो सन्तान जन्माउनुस : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०–३० वर्षको आसपासमै विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई सुझाव दिनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन २०२४ को समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिनुभएको हो । उहाँले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्ष आसपासमै विवाह गरेर ढिला नगरी बच्चा जन्माउनुपर्ने बताउनु भयो । ४० कटेसी रमाउँला’ भनेर गीत गाउने गरिएको प्रशंग जोड्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उमेर छउन्जेल विदेशतिर गइराख्या हुन्छन, त्यसो भएपछि जनसंख्या झन घट्ने भयो, २०–३० वर्षको उमेरतिर बिहे गरेर बच्चा पाएपछि जबमा लागे पनि भो, बाहिरतिर गए पनि भयो । कमसेकम छोराछोरी हुर्किंदै गर्छन ।’ उहाँले युवाले फ्युचर जेनेरसन (भावी पुस्ता) बारे कुरा गर्ने गरेको तर आफै भने बरालिएको संकेत गर्नुभयो । ‘अनि पैसाले फ्युचर हुन्छ ? फ्युचरका लागि बालबच्चा चाहियो । विदआउट चिल्ड्रेन कसरी हुन्छ फ्युचर ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्नुभयो । आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेको भन्दै प्रधानमन्त्री ओलीले युवाहरुले यसका लागि सोच्नुपर्ने बताउनु भयो ।‘देशमा अलिअलि समस्या भएर पनि हो । बाहिर जाने लहरले पनि होला, रहरले पनि होला,’ उहाँले भन्नुभयो, ‘ठूलो संख्यामा युवाहरु बाहिर गएका छन्, यस कुरालाई रोक्नुपर्छ । उहाँले युवाहरुका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको समेत बताउनु भयो । धेरैलाई रोजगारी दिन सानासाना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको दाबी पनि गर्नुभयो । हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा २ प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरु अभिभावकविहीन भएर सडकमा बस्न नमिल्ने स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...