चीनमा प्रतिघण्टा १००० किमी गुड्ने रेलको सफल परीक्षण



हाम्रो इकोनोमि

 

 

चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ । यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको परीक्षण गरेको हो । यसको नतिजाले रेलको नियन्त्रण प्रणाली, स्थिर सस्पेन्सन, सुरक्षित रोक्ने प्रणाली सफल भएको चीनको सरकारी सञ्चार माध्यम सीजीटीएनले जनाएको छ । यो रेल म्याग्लेभ प्रविधि (चुम्बकीय) शक्तिका कारण चल्छ । म्याग्लेभ प्रविधिले गर्दा रेल चुम्बकको शक्तिले जमिनमा बनाइएको ट्रयाकमाथि गुड्छ । परीक्षणमा उच्च गति र सस्पेन्सन उचाइ एकनासको रहेको रिपोर्ट आएको छ । रेलका सबै प्रणालीले सामान्य रूपमा काम गरेको र सैद्धान्तिक रूपमा तयार पारिएको आकलन अनुसार काम गरेको रिपोर्टमा उल्लेख गरिएको छ । परीक्षणले लामो दूरीको तय र मर्मत, हावाको चाप कम भएको क्षेत्रमा प्रणालीबीचको समन्वय, नेभिगेसन नियन्त्रण र अन्य प्रमुख प्रविधिको प्रदर्शनलाई पनि सफल प्रमाणित गरेको छ ।
यूएचएस म्याग्लेभ यातायात प्रणालीले याङग्वयोमा सन् २०२२ अप्रिलमा रेलको निर्माण सुरु गरेको थियो । यसमा एरोस्पेस प्रविधि र रेलवे यातायात प्रविधिलाई जोडेर उच्च गतिमा गुड्न सक्ने बनाइएको छ । भविष्यमा यो प्रणाली चीनको ठूला शहरहरू बीचको यातायातका रूपमा प्रयोग गर्न सकिने बताइएको छ । जसले बेइजिङदेखि सांघाईको यात्रा लगभग डेढ घण्टामा गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...