एसईईको पूरक परीक्षा आजदेखि



 

 

माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पूरक परीक्षा दिन पाउने छैनन् । यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थीहरु छन् ।  पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ । त्यसका लागि ५५० केन्द्र तोकिएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले ०८० चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा १३ असारमा सार्वजनिक गरेको थियो । बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको थियो, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
इरान आक्रमण : रुस र चीनद्वारा अमेरिकाको कडा निन्दा

    आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद्

लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी

    लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट

नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा, अमरेशलाई कारबाही गर्न माग

    स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको