विश्वविद्यालयको पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्नुपर्छ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई रोक्दै देशमै अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको मंगलबार भएको सिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयको पुनर्संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने वातावरण बनाउनुपर्ने बताए । समयको मागअनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न उनले आग्रह गरे । प्रधानमन्त्री ओलीले उचित जनशक्तिका साथै विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान गर्दै टिकाइराख्ने विषय अहिलेका ज्वलन्त सवाल भएको उल्लेख गरे । उनले विगतदेखि नै बेरुजु घट्न नसकेकाले २८ अर्ब रुपैयाँ बेरुजु देखिएको सम्परीक्षण गराइएपछि त्यो रकम घट्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले सरकारबाट प्राप्त हुने रकमलाई विश्वविद्यालय अनुदान आयोगबाट विश्वविद्यालयहरुलाई वितरण हुने भएकाले अनुसन्धानको हाल तोकिएको रकममा कटौती नहुने स्पष्ट गरे । विश्वविद्यालयमा समावेशी सहभागिताका आधारमा परिणाम निकाल्न सक्ने गरी निर्णय हुनुपर्ने उनको भनाइ छ । बैठकले विभिन्न संकायबाट ६२औं ग्रेसलिस्टमा समाविष्ट ७३ हजार ९९५ विद्यार्थीलाई उपाधि प्राप्तिका लागि अनुमति प्रदान गरेको छ । चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...